मेलबर्न । अष्ट्रेलियामा फेसबुकमा आपत्तिजनक सामाग्री पोष्ट गरेको अभियोगमा एक व्यक्तिलाई १ लाख ५० हजार डलर जरिवाना गरेको छ ।

फेसबुकमा आपत्तिजनक साम्रागी पोस्ट गरेको अभियोगमा अदालतले उनलाई १ लाख ५० हजार डलर जरिवाना तिर्न आदेश दिएको हो । ती व्यक्तिले फेसुबकमा पोस्ट गरेको सामाग्रीका कारण एक होटल मालिकको जिन्दगी बबार्द भएको थियो । सन् २०१४ को मार्चमा एक इक्लेक्ट्रिसियन डेबिड स्कटले फेसबुकमा एउटा सामाग्री पोस्ट गरेका थिए ।

उनले उक्त होटलले पेडोफाइल्स अर्थात बच्चाहरुप्रति यौन आकर्षण भएका व्यक्तिहरुलाई प्रश्रय दिएको आरोप लगाएका थिए ।

होटलका मालिक किनेथ रोथले स्कटसँग माफी माग्न अनुरोध गरे तर स्कटले उल्टै धम्की दिदै उनलाई निर्घात कुटेका थिए । यसपछि रोथ ६ महिनासम्म हस्पिटलमा भर्ना भएका थिए । त्यसपछि रोथ बाध्य भएर अदालतको सहारा लिन पुगैका थिए ।

अदालतका न्यायधीशले स्कटलाई रोथको भएको नोक्सानको भरपाई गर्न १ लाख ५० हजार डलर दिन आदेश दिएको छ ।

न्यायधीशले स्कटले सामाजिक सञ्जालमा गरेको कार्य असहनिय भएको बताएका छन् । रोथबारे कुनै पनि त्यस्तो प्रमाण फेला नपरेको र स्कटले जुन नियतले सामाजिक सञ्जालमा पोष्ट गरेको छ त्यो कारबाही योग्य भएको बताइएको छ ।

उसको यस हर्कतका कारण विनाशकारी प्रभाव परेको न्यायधीशले बताएका छन् । यो पोस्ट पश्चात स्कटले फोन गर्दै रोथलाई धम्की समेत दिने गरेका थिए ।

Comments

comments