काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको विद्यार्थी संगठन विभाजनको संघारमा पुगेको छ ।

नयाँ शक्तिको घोषणा भएको ६ महिना नबित्दैं नयाँ शक्तिको विद्यार्थी युनियनमा विभाजन उन्मुख भएको हो ।

नयाँ शक्ति निकटस्रोतकाअनुसार जिम्मेवारी बाँडफाँडका विषयमा विद्यार्थीहरुबीच विवाद देखिएको हो । पार्टीभित्र एउटा पक्षले आफू निकट विद्यार्थीहरुलाई मात्र जिम्मेवारी दिएको भन्दैं असन्तुष्ट पक्षधरहरुले सोमबार संयोजक बाबुराम भट्टराईलाई ५ बुँदे पत्र बुझाएका छन् । उनीहरुले देशब्यापी रुपमा समानान्तर संरचना निर्माणको गर्ने चेतावनी समेत दिएका छन् ।

यसरी समानान्तर संगठन निर्माणको चेतावनी दिनेहरूमा नयाँ शक्ति विद्यार्थी युनियनका ५ विभागीय प्रमुखहरुमा रहेका छन् । जसमा प्रशिक्षण विभाग प्रमुखमा नेत्र चापागाइँ, स्ववियु परिचालन विभाग प्रमुखमा युवराज दाहाल, छात्रा विभाग प्रमुखमा तारा शर्मा, प्रकाशन विभाग प्रमुखमा किशोर सुवेदी र अतिरिक्त विभाग प्रमुखमा सुमन आचार्यलाई आफ्ना मागहरु २४ घण्टाभित्र सम्बोधन गर्न माग गरेका छन् ।

असन्तुष्ट विद्यार्थीले २४ घण्टाभित्र विवाद समाधान नगरे आफूलहरु फरक संरचना बनाएर अगाडि बढ्ने भन्दैं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई अल्टिमेटम दिएका छन् ।

चेतावनी पत्रका नाममा बाबुरामलाई लेखिएको ५ बुँदे पत्रमा विद्यार्थीहरुको सबै तहमा समितिहरु गठन गर्दा नियमित अध्ययनरत विद्यार्थीहरुबाट गरिनुपर्ने, सबै तहका समितिमा विधानअनुसार कम्तिमा स्नातक अध्ययनरत हुनुपर्ने, उमेर बढीमा ३० वर्षको हुनुपर्ने, सहभागितामूलक लोकतन्त्रको मर्म र प्रयोग गरिनुपर्ने, निर्वाचनबाट नेतृत्व चयन गरिनुपर्नेलगायतका मागहरु छन् ।

Please follow and like us:

Comments