–लक्ष्मण पौडेल

एमालेले अरुण तेश्रो रद्द नगराएको भए नेपाल आज झिलीमिली हुने थियो,नेपाली जनताले दैनिक १३ घण्टासम्मको लोडसेडिङ झेल्नुपर्ने थिएन । विद्युतीय अभावका कारण थुप्रो उद्योेगहरु बन्द हुने थिएनन् । थुप्रै नयाँ उद्योगहरु खुल्ने थिए, हजारौले रोजगार पाउने थिए तर बिडम्बना एमालेकै कारण देश आज अन्धकार छ ! हामीले आफ्नै लगानीमा मेलम्चीको पानी काठमाडौं ल्याउँने सपना देख्न थालेको ३० बर्ष भयो तर अझै कति बर्ष लाग्ने हो यकिन छैन !

हामी देशको राजधानीको सडक समेत पिच गर्न नसकेर जनताले बिरोध स्वरूप धान रोपेको स्थिति छ भने यो अवस्थाको नेपालले कसरी फास्ट ट्रयाक आफै बनाउछन् ? नेपालसंग फास्टट्रयाक बनाउने प्रबिधि,दक्ष जनशक्ति र पैसा तिनै चिज छैन ! फास्ट ट्रयाकका लागि टेन्डर आह्वान गर्नुपर्छ र जसले सस्तो पैसामा बनाउछ उसैलाई दिनुपर्छ ! आज फेरी एमालेले फास्ट ट्रयाकमा राजनीति गर्नु भनेको फेरि फास्ट ट्रयाकलाई पनि उही अरुण तेश्रो झैँ कहिल्यै बन्न नदिनु हो !

हामीलाई चाहिएको फास्ट ट्रयाक हो । त्यसैले सस्तो पैसामा छिटो र राम्रो बनाउन सक्छ उसैलाई दिनुपर्छ ! पहिला ३० बर्ष पहिले सुरु गरेको मेलम्चीको पानी काठमाण्डौ ल्याउ , काठमाण्डौको सडक पिच गरौं, पैसाको श्रोत देखाऊ अनि यस्ता ठुलो परियोजना आफंै बनाउने कुरा गरौंला,होईन भने एमालेको राजनीतिले यो फास्ट ट्रयाकको हालत पनि उही कहिल्यै नबन्ने अरुण तेश्रोको झैँ हुने पक्का छ !

Comments

comments