अखिल नेपाल फुटबल संघ एन्फाको महत्वाकांक्षी राष्ट्रिय लिग कात्तिक २१ बाट सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा १० देखि १२ टोलीबीच राष्ट्रिय लिग हुने भएको छ ।‘गत वर्ष सुपर सिक्स पुग्ने ६ क्लब तथा ए डिभिजन मान्यता पाएका ९ जिल्लामध्येबाट ४ देखि ६ टोलीको सहभागितामा राष्ट्रिय लिग हुने एन्फा अध्यक्ष गणेश थापाले बताएका छन् ।

भदौ १० देखि २१ सम्म राजधानीमा ए डिभिजन क्लबसम्मिलित नकआउट प्रतियोगिता हुने थापाले जनाएका छन् ।

Comments

comments