काठमाडौं । काभ्रेको कोशीपारीस्थित विर्ता देउरालीमा यात्रु बस दुर्घटनामा परि घाइते भएकाहरुको शिक्षण अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा परि ३३ जनाको मृत्यु भएको र २८ घाईते भएको गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौँबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा १ ज १०६ नम्बरको वस कोलातीको खहरे भन्ने स्थानमा सोमवार अपरान्ह दुर्घट्नामा परेको थियो । बस सडक भन्दा ३०० मिटर तल खसेको थियो । दुर्घट्नामा परि घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरि उपचारका लागि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पताल र वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याएको थियो । भीरालो र कच्ची सडकमा ब्रेक फेल हुँदा दुर्घट्ना भएको घाइतेहरुको भनाई छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि ट्रमा सेन्टर र टिचिङ्ग अस्पताल पुगेर घाइतेहरुको अवस्था बारेमा जानकारी लिनु भएको छ । गृहमन्त्री निधिले सञ्चारकर्मीसंग घाइतेहरुको उपचार खर्च यातायात व्यवसायी र सरकारले बेहोर्ने बताउनुभयो ।

गृहमन्त्री निधिले केही घाइतेहरुसँग कुराकानी गर्दै अस्पताल प्रशासनलाई उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिनुभएको थियो । निधिले दुर्घटनाको छानविन हुने आश्वासन समेत दिनुभयो ।

Please follow and like us:

Comments