मेलबर्न । अष्ट्रेलियामा क्रियाशील फोटोग्राफर सुधिरा शाह आफ्नो महत्वाकांक्षी तस्वीर पुस्तक प्रोजेक्ट ‘फार एण्ड अवे नेप्लीज फ्यामीलीज ईन अष्ट्रेलिया’ प्रकाशनको तयारीमा लागेकी छिन् ।

प्रकाशनको अन्तिम चरणमा रहेको उनको उक्त तस्वीर पुस्तक आगामी सेप्टेम्बर ११ मा सिड्नीमा औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गर्ने योजना छिन् ।

यस वर्षको डकुमेन्ट्री फोटोग्राफर अफ द इयर २०१६ फाइनलिस्टको उपाधि जित्न सफल भएकी शाह विगत डेढ दशक वर्षदेखि फोटोग्राफीमा संलग्न छन् । उनले नेपाल, बेलायत र अष्ट्रेलियामा धेरै वर्ष फोटोग्राफी गरेकी छिन् ।

अष्ट्रेलियामा रहेका सयौं नेपालीलाई एउटै सचित्र पुस्तकमा समेट्ने उदेश्यले झण्डै तीन वर्षअघिदेखि उनले तस्वीर पुस्तक प्रकाशनको योजना बनाइ काम शुरु गरेकी थिइन् । उनको पुस्तकमा अष्ट्रेलियामा बसाई सरेका ४ सय ६६ नेपाली परिवारको महत्वपूर्ण फोटोहरु समावेश हुनेछन् । आप्रवासी नेपालीको जीवनसँग सम्बन्धित सम्भवत यो पहिलो पुस्तक हुनेछ । त्यसैले यसबाट आप्रवासी नेपालीहरुको जीवनशैली बुझ्न सजिलो हुने अपेक्षा गरिएकोृ छ । यसका लागि शाह र उनको टिमले अष्ट्रेलियाको आठै वटा राज्यको भ्रमण गरेका थिए । यसका लागि करीब १ वर्ष समय लागेको सुधिराले बताइन् ।

उनको पुस्तकमा एनएसडब्ल्यु राज्यबाट १७०, क्वीन्सल्याण्डबाट ४६, नर्दन टेरटोरीबाट ४९, पश्चिम अष्ट्रेलियाबाट ६४, दक्षिण अष्ट्रेलियाबाट ३१, भिक्टोरीयाबाट ७८, अष्ट्रेलियन क्यापीटल टेरिटेरीबाट १९ र तास्मानीयाबाट ९ जना परिवारहरुको तस्वीर समेटिएको छ ।

पुस्तकमा नेपाली परिवारहरुको बिशेष तस्विरका साथ साथै हरेक परिवारको छोटो जीवनी पनि रहेको छ, जसलाई पत्रकार योगेन्द्र विष्टले लेखेका छन् । पुस्तक करिब ४९६ रंगीन पेज रहेको पुस्तक हार्ड कभरमाको रुपमा प्रकाशित हुनेछ । उक्त पुस्तक अष्ट्रेलियाको नेपाली समुदायको लागि ऐतिहासिक दस्तावेज समेत हुने अपेक्षा गरिएको छ ।

Comments

comments