काठमाडौं । रसुवाको केरुङ नाकाबाट व्यापार गर्ने नेपालीहरुले ‘मल्टी भिसा’ पाउने भएका छन । जिल्ला प्रशासन कार्यलय रसुवाले वाहिरी जिल्लाका नागारिकलाई पनि ‘मल्टी भिसा’ उपलव्ध गराउने भएको हो ।

आइतबार आयोजना गरेको कार्यक्रमको अवसरमा रसुवा भन्दा वाहिरी जिल्लाका नागारिकलाई भिसा उपलव्ध गराउन प्रक्रिया अघि बढाइएको जानकारी गराइएको हो । चीनले नेपाल सरकारको जिम्मामा रहने गरी निश्चित व्यक्तिलाई मात्र मल्ट्रि इन्ट्रि भिषा दिन प्रस्ताव गरेपछि जिल्ला प्रशासन कार्यलय रसुवाले उद्योग वाणिज्य संघ, नेपाल चिन केरूङ व्यापार संघ तथा कन्टेनर व्यवसायी सघंलाई सोमबारसम्ममा १ सय ५० जनाको नाम पेश गर्न निर्देशन दिएको छ ।

जिल्लामा दर्ता भएका ८ वटा कन्टेनर व्यवसायी संघबाट १५÷१५ जना र ३० जना व्यापारीको नाम सोमबार गृह मन्त्रालयमा पठाइन लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । मल्टि भिसाको म्याद ६ महिना हुनेछ भने सो भिसा केरुङसम्मको मात्र रहने जनाएको छ ।

Comments

comments