एजेन्सी । अमेरिकामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक बंगलादेशी नागरिक र उनका सहायक मारिएका छन् ।

अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएको बिबिसीले जनाएको छ । उनीहरुको हत्षको कारणबारे केही नखुलेको न्युयोर्क प्रहरीले जनाएको छ ।

इमाम र उनका सहायकलाई बन्दुकधारीले ओजोन पार्कमा गोली हानेका थिए । गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीको खोजी भइरहेको छ ।

गोली चलाउनुको कारण पत्ता नलागेपनि इमाम मुस्लिम धर्मका भएकालेले घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

Comments

comments