काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो उमेर एक वर्ष सच्चाएको प्रमाण फेला परेको छ ।

यसबारेमा समाचार सार्वजनिकभएपछि नेपाली सेना भित्र खैलाबैला मच्चिएकोछ । १ मंसिर २०१६ मा जन्मिएका क्षत्रीले प्रधानसेनापति हुन प्रवेशिका परीक्षा (एसएलसी)को मार्कसिट र प्रमाणपत्रमा १ मंसिर २०१७ बनाएको खुलासा भएको हो ।

क्षत्रीले तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिस्टर’मै केरमेट गरी एक वर्ष उमेर सच्चाएके पाइएको हो ।

परीक्षा नियन्त्रक कार्यालयमा रहेको अभिलेख अनुसार क्षत्रीले शान्ति विद्या गृह, काठमाडौंबाट तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । क्षत्रीको सिम्बोल नम्बर १४०५६ ‘पी’ छ । सच्याइएको उमेरलाई आधार मान्ने हो भने क्षत्रीले १५ वर्ष नपुग्दै एसएलसी उत्तीर्ण गरेको देखिन्छ ।

शान्ति विद्या गृहका प्रधानअध्यापक शिवकुमारी घिमिरेका अनुसार क्षत्रीले २०३१ सालमै एसएलसी दिए पनि पहिलो परीक्षा बिग्रिएपछि दोस्रो एटेम्प्टमा २०३२ सालमा पास गरेका थिए ।

सेनामा अधिकृत क्याडेटको भर्नाका लागि प्रमाणपत्र तह उत्तीर्णले १८ वर्ष पुरा गरी २१ वर्ष र स्नातक तह उत्तीर्णले १८ वर्ष पुरा गरी २४ वर्ष नकटेको हुनुपर्छ ।

Comments