एजेन्सी । कोपा अमेरिकामा पराजित भएसँगै सन्यासको घोषणा गरेका स्टार फुटबलर लियोनल मेसीले पुनः अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने घोषणा गरेका छन् ।

मेसीले पुनः टिममा फर्कने घोषणपछि उनको नाम वर्ल्ड कप क्वालिफायर टिममा समावेश गरिएको छ । सेप्टेम्बरमा क्वालिफायर प्रतिस्पर्धामा अर्जे्न्टिनाको टिम उरुग्वे र भेनेजुयलासँग भिड्नेछ। मेसीले टिम फर्कने घोषणा देशप्रेमका कारण भएको बताएका छन् । उनले अर्जे्न्टिनाको जर्सी आफ्ना लागि महत्वपूर्ण अर्थ राख्ने बताएका छन् । अर्जे्न्टिनाका टिम म्यानेजर एडगार्दो बाउसाले बार्सिलोनामा लियोनल मेसीसँग भेट गर्दै यसै साता मेसी टिममा फर्कने अपेक्षा गरेको बताए । संसारका उत्कृष्ट खेलाडीमध्येका एक लियोनल मेसीले जुनमा कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनाको पराजयपछि भावकु मुद्रामा राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका थिए ।

चिलीसँग भएको फाइनल प्रतिस्पर्धामा पेनाल्टी शुटआउटमा चुकेपछि अर्जेन्टिनी टिम पराजित भएको थियो । विगत ९ वर्षमा कुनै पनि फाइनलमा भएको यो चौथो पराजय थियो ।

मेसीले भने–फाइनलको राति मेरो मनमा धेरै कुरा चलिरहेको थियो र मैले टिम छोड्ने विषयमा गम्भीरतापूर्वक सोचेँ, तर मेरो देश र मेरो जर्सीका लागि मेरो प्रेम ठुलो थियो । २९ वर्षीय मेसी अर्जेन्टिनाका सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले १३३ प्रतियोगितामा टिमका लागि ५५ गोल गरेका छन् ।

Comments

comments