काठमाडौ । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया शुरु हुँदैछ ।

एक साताअघि उद्घाटन भएर रोकिएको नेविसंघको ११ औं महाधिवेशनको बन्दसत्र सुरु नै नगरी निर्वाचन प्रकृया अघि शुरु हुने भएको हो । महाधिवेशनमा भाग लिने प्रतिनिधि विवादले बन्दसत्र रोकिएको एक सातापछि आजबाट निर्वाचन प्रकृया अघि बढ्ने भएको हो । आज दिउँसो सम्ममा सबै प्रतिनिधीको टुंगो लगाएर मतदाता नामावली प्रकाशन गर्ने तयारी छ ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले दिनुभएको जानकारी अनुसार भोलि उमेद्वारी दर्ता हुनेछ भने पर्सीबाट मतदान प्रक्रिया शुरु हुनेछ । आईतवार उद्घाटन लगत्तै अधिवेशन नगरीकनै भागबण्डाका आधारमा प्रतिनिधि बनाईएका ११ जिल्लाको विवाद उल्झिएपछि बन्द सत्र सुचारु हुन सकेको थिएन । भागबण्डाको विरोधमा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मा पक्षीय विद्यार्थीहरु आमरण अनशनमा बसेका थिए ।

आमरण अनशनको मागलाई सम्वोधन गर्न प्रकाशशरण महत नेतृत्वको पार्टीको निर्देशन समितिले सिटौला पक्षलाई २ सय १५ र शर्मा पक्षलाई १ सय १० प्रतिनिधि दिने समझदारी गरेपछि महाधिवेशन अघि बढ्ने ढोका खुलेको थियो ।

Comments

comments