फिल्म ‘कहाँ भेटिएला’ पछि श्रीकृष्ण र श्वेता खड्को लगानी एवं अभिनय रहेको ‘कोहिनूर’ प्रदर्शनको तयारीमा छ  । भोलि शुक्रबार  देखि अल नेपाल प्रदर्शनमा आउने भनिएको फिल्म ‘कोहिनूर’ को प्रिमियर नै रोकिने भएको छ  । घाटीको एलर्जीको उपचारका लागि  दिल्ली अस्पताल पुगेका  निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठलाई   निमोनिया पनि  भएपछि थप उपचारको लागि दिल्ली अस्पतालमै  अरु धेरै दिन बस्नु पर्ने  भए पछी ‘कोहिनूर’ को प्रिमियर रोकिएको हो ।  श्रीकृष्ण र श्वेता फिल्म “कोहिनुर” रिलिज अगाडी नेपाल फर्कने सम्भावना अब टरेको छ |
  प्रिमियर सो नहुने भए पनि  शुक्रबार बिहान ‘पब्लिक’ शो सँगै स्पेशल शो भने नरोकिने चलचित्र लेखक एबं  निर्देशक आकाश अधिकारीले जनाएका छन् | शुक्रबार बिहान ८ बजे कमलादीस्थित कुमारी हलमा ‘कोहिनूर’ लाई वरिष्ठ फिल्मकर्मी तथा सञ्चारकर्मी बिच  विशेष प्रदर्शन गरिने भएको छ |

Comments

comments