काठमाडौं । नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारत र चीन पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारतमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पठाउने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षमा बसेको मन्त्रिपरिषद्को बैठकले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले मिसावट, कालोबजारी र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

Comments