काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । अब हप्तामा ४८ घण्टा मात्र लोडसेडिङ हुनेछ ।
बिहीबारदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । अबदेखि एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले परिस्थिति प्रतिकुलरअनुकुल भएका एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने जनाएको छ ।

यस्तै बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण सकेसम्म बन्द गरी लोडसेडिङ न्युनिकरणमा सहयोग गर्न पनि प्राधिकरणले सबैसँग आग्रह गरेको छ ।

Comments