भर्जिनिया- अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरुलाई नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिकालागि समर्पित भएर कार्य गर्ने नौ जना अमेरिकाका नेपालीलाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ ।
भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार नरेन्द्रराज प्रसाईकाअनुसार ‘भानुभक्त स्वर्ण पदक’बाट अलङ्कृत हुनेहरूमा साहित्य विधामा अनवरतरुपमा लाग्ने गीता खत्री, होमनाथ सुवेदी, गोवर्धन पूजा, दीपा पुन राई, विकास विष्ट, कुन्ति थापा, राम खत्री तथा संचार क्षेत्रमा लामो समयदेखि कार्यरत प्रदीप थापा मगर र टेलिभिजन संचारकर्मी रमा सिंह छन् ।

Comments