एजेन्सी । सलमान खान आफ्नै भाइहरुसँग रिसाएका छन् ।

उनी अरबाज खान र सोहेल खानसँग रिसाएका हुन् ।

फिल्म फ्रिकी अलीको ट्रेलर रिलीज भएको दिन सलमान खानसँग एक पत्रकारले आफ्नै भाइले बनाएको फिल्ममा पनि सलमान नदेखिनुको कारण के होला भनी प्रश्न गरेका थिए । पत्रकारलाई जबाफ दिदै सलमानले भने,‘फिल्मको कुनै दृश्यमा मलाई राख्न मैले सोहेललाई भनेको थिए ।

तर, उसले मानेन । मैले यसबारे उसलाई धेरै पटक पनि भने तर उसले अरबाजलाई फिल्ममा राख्यो । मैले सोहेललाई मनाउने प्रयास पनि गरे तर मानेन ।’

यस्तो जबाफ दिइरहँदा सलमान खान हाँसिरहेका थिए । वास्तवमा सलमान खानले उक्त जबाफ ठट्टा गर्दै भनेका थिए ।

फ्रिकी अली ३८ दिनमा बनेको फिल्म हो । सलमान खानले यदी आफुले उक्त फिल्म खेलेको भए १३८ दिन लाग्ने बताए ।

सलमान खान यस फिल्मका निर्माता हुन् । सोहेल खानले निर्देशन गरेको यस फिल्ममा नवावुद्धिन सिद्धीकी, अरबाज खान र एमी ज्याकसनको भुमिका रहेको छ ।

Comments