–रोजी केसी

नेपालमा सरकार छ । हरेक पटक फेरिने सरकारले हामी नेपाली युवालाई विदेश नजाउ,नेपालमै बस । यही अवसर छ अथवा वातावरण मिलाइदिन्छौं भन्छन् । तर त्यस्तो अवसर र वातावरण भने अहिलेसम्म बनेको पाइदैन । त्यसैले अध्ययन र रोजगारीका नाममा विदेशिने नेपाली युवाको जमात अझै उस्तै छ । मैले नबुझेको कुरा, किन हरेक नेपालको सरकार उस्तै बोली बोल्छन् ? पूरा गर्न नसक्ने भए किन कुरा मात्र ठूला गर्छन् ? आफ्नै घरदेशमा रोजगारी र अवसरहरु प्राप्त हुनेभए कोचाहिं नेपाली परदेशी बन्न चाहन्छन् र ? तर नेपालको सरकार र परिस्थिति उस्तै छ–बाह्र वर्षसम्म ढुङ्ग्रोमा राखेको कुकुरको पुच्छर जस्तै । फलस्वरुप आज थुप्रै नेपाली युवाहरु जापान,अष्ट्रेलिया लगायतका देशहरुमा जान बाध्य छन् । रहरले होइन,भविष्य सुनिश्चित होला कि भन्ने आशा र सपना बोकेर ।

जसले जे भने पनि,जति नै आदर्श छाँटे पनि जापान,अष्ट्रेलिया,अमेरिका लगायतका देशहरुमा मिहिनेत गर्नसक्नेका लागि अवसर र वातावरण उपलब्ध छन् । हामीलाई आवश्यकता पनि त्यसैको हो । धेरै दुख र मिहिनेत गर्नसक्नेले धेरै उपलब्धी हासिल गर्लान्,थोरै गर्नेले थोरै । यसमा भाग्यको कुरा रहेन । किनभने यी देशहरुमा दुख गर्न सक्नेका लागि प्रशस्तै अवसर छन् । हो,काम र पढाइ सँगसँगै लैजान केही गाह्रो कुरा हो । तर असम्भव भने होइन । परेपछि टर्छ भने जस्तै यसमा आफैं अभ्यस्त हुँदै जाँदो रहेछ ।

जसले जे भने पनि,जति नै आदर्श छाँटे पनि जापान,अष्ट्रेलिया,अमेरिका लगायतका देशहरुमा मिहिनेत गर्नसक्नेका लागि अवसर र वातावरण उपलब्ध छन् । हामीलाई आवश्यकता पनि त्यसैको हो । धेरै दुख र मिहिनेत गर्नसक्नेले धेरै उपलब्धी हासिल गर्लान्,थोरै गर्नेले थोरै । यसमा भाग्यको कुरा रहेन । किनभने यी देशहरुमा दुख गर्न सक्नेका लागि प्रशस्तै अवसर छन् ।

सबैभन्दा ठूलो कुरा जापान,अष्ट्रेलिया या अमेरिका यी देशहरुमा काम र श्रमको सम्मान गर्ने वातावरण छ । यहाँ काम ठूलो सानो हुँदैन । सबै कामको समान सम्मान र उचित मूल्य छ । त्यसैले कमाइ नेपालभन्दा धेरै हुनु अस्वभाविक होइन । नेपालमा महिना दिन लगाएर पाइने पारिश्रमिक यहाँ ताल परे एक दुई दिनमै कमाउँन सकिन्छ । हामीले हिसाव येन वा डलरमा नगरेर रुपैयाँमा गर्ने हो भने सन्तोषजनक मात्र होइन ठूलै कमाइ हुन्छ यहाँ ।

अर्को कुरा नयाँ देश,भिन्न भिन्न संस्कृति र भाषाका विद्यार्थीहरुसँग एउटै कक्षामा बसेर पढ्न पाउँदा त्यसबाट प्राप्त हुने सैद्धान्तिक वा कितावी ज्ञान त छँदैछ,व्यवहारिक ज्ञानहरु पनि धेरै हासिल गर्न पाइन्छ ।

पढाइ सकेपछि यही सेटल हुने हो कि घरदेश फर्कने भन्ने निर्णय पनि आफ्नै हो ।

 

Comments