काठमाडाैं । पूर्व पश्चिम रेल र देखन चम्पा गीतको सार्वजनिक पछि अन्तमा बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक भएको छ ।

हाँस्य कलाकार दिपा श्री निरौलाले डेब्यु निर्देशन रहेको उक्त चलचित्रमा प्रियंका कार्की , दीपकराज गिरि , जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), वर्षा रावत, नम्रता सापकोटालगायतका कलाकारहरु को मुख्य अभिनय रहेको छ ।

हाँस्य कलाकारको जमघट नै रहेको यस चलचित्र लाई दीपकराज गिरि, दीपा श्री निरौला र निर्मल शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा दीपक शर्मा को संगीत , कविराज गहतराजको नृत्य -निर्देशन , पुरुषोत्तम प्रधानको छायांकन , रोशन श्रेष्ठको एक्शन र बिपिन मल्लको सम्पादन रहेको छ ।

चलचित्रले सामाजिक बिषय बस्तुहरुलाई हाँस्यपद शैलीमा प्रस्तुत गरेको छ । दर्शकहरुले चलचित्रमा कमेडी , रोम्यान्स र आवेशलाई एकसाथ पर्दामा नियाल्न सक्ने छन् । चलचित्र भाद्र २४ देखि प्रदर्शन मा आउँदैछ ।

Comments

comments