काठमाडौं । नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनमा कुन गुटबाट को आधिकारिक उम्मेदवार बन्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन ।

आफ्ना समुहबाट एकल उमेद्वार बनाउन पार्टी्भित्रका गुटहरु लागि परेका छन् । पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट ६ जना चुनावी मैदानमा छन् । यद्यपी एकल उमेद्वार बनाउन प्रयास सफल हुन सकेन । सम्भवत देउवा पक्षबाट ३ जना उमेद्वार बन्नसक्ने देखिएको छ ।

यता बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्ष पनि एकल उमेद्वार बनाउन जोडतोडका साथ लागि परेको छ । पौडेल पक्षबाट अध्यक्ष पदको लागि दाबेदारी दिँदै आएका कतिपय नेताहरू महामन्त्री पदसम्म पाएपनि सहमति जनाउने अवस्थामा पुगेका छन्। अहिले अध्यक्षमा झण्डै आधा दर्जन भन्दा बढी उम्मेदवारहरू पौडेल पक्षबाट आकंक्षी रहेको भएपनि अन्तिममा दुई या तीन जना मात्रै टिक्ने देखिएको छ । बाँकी उम्मेदवारहरू पार्टी नेताहरुको आश्वासनमा फिर्ता हुनसक्ने आँकलन हुन थालेको छ ।

पौडेल पक्षबाट अहिले सबैभन्दा बढी सम्भावना मनोजमणि आचार्यको रहेको स्रोतले जनाएको छ । गुटको आधिकारिक उम्मेदवार बन्नेमा अरू भन्दा ढु्क्क रहेपनि उनलाई दिपक भट्टराईले पछ्याएका छन् । यस्तै उनकै हाराहारीमा सम्भावना बोकेका अर्का अध्यक्षका आकांक्षी भट्टराई अन्तिमसमयसम्म अध्यक्षको लागि दाबेदारीमा रहनेछन्। अन्तिममा उनले पार्टीका दाइहरुका कुरा सुनेर महामन्त्री पदसम्ममा झर्न सक्ने विद्यार्थीहरुमा चर्चा छ ।

नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनमा कुन गुटबाट को आधिकारिक उम्मेदवार बन्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन।

Please follow and like us:

Comments