काठमाडौं । सोमवार अपरान्ह नुवाकोटमा दुर्घट्नामा परेको फिस्टेल एयरको नाइन ए के ए ३५० बी का मृतकहरुको शव काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सबैको शव सोमवार नै शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो । सबै शव पोष्टमार्टमका लागि फिस्टेलकै अर्को हेलिकोप्टरबाट सोमवार साँझ काठमाडौं ल्याइएको हो ।

गोरखाको फिलिमबाट विरामी बोकेर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको नाइन ए के ए ३५० बी टू हेलिकप्टर नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा हेलिकप्टरमा एकै परिवारका चार सहित सात जनाको मृत्यु भएको छ ।

दुर्घट्नामा परि निधन हुनेमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ की प्रिती गुरुङ्ग, उनका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा किर्तमान गुरुङ्ग, स्टाफ नर्स इटहरीकी निशा तामाङ्ग र हेलिकोप्टरमा काठमाडौंबाट गएकी लक्ष्मी गुरुङ्ग रहेका छन् ।

प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो । मध्यान्ह १२ बजे उडेको हेलिकप्टर झण्डै एक घण्टा सम्पर्कविहीन बनेको थियो । पछि नुवाकोटको चुच्चेभीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । हेलिकप्टर पाइलट रञ्जन लिम्बुले उडाएका थिए । दुर्घट्नामा उनको पनि मृत्यु भएको छ ।

Comments

comments