मेलबर्न । अष्ट्रेलियाको प्रतिष्ठित स्पोर्टस् क्लब द हिमालयन क्लबको आयोजनामा हुन लागेको हिमालय साँझ २०१६ को तयारी तीव्र रुपमा अघि बढिरहेको छ ।

क्लबले खेलाडीहरुको सम्मानमाआयोजना गर्न लागेको हिमालय साँझ २०१६ आउँन एक हप्ता मात्र बाँकी रहँदा कार्यक्रमको टिकट बुकिङ गर्नेहरुको संख्या बढ्नुको साथै कार्यक्रम हेर्ने व्यग्रता समेत बढेको पाइएको छ ।

आगामी १४ अगष्टमा मेलबनस्थित इष्टोनियन हाउसमा हुने कार्यक्रमको लागि ४० डलरको टिकटको व्यवस्था गरिएको छ । सोही टिकटमा ३ प्रकारका खानाहरु पनि समावेश हुनेछन् ।

यसैबीच कार्यक्रमको प्रवद्र्धनमा समुदायका प्रतिष्ठित व्यक्तित्वहरुले समेत साथ दिनुभएको छ । त्यसक्रममा कार्यक्रमको प्रोमोशनल भिडियोमार्फत मेलबर्नसिथत कँडेल कन्सल्ट्यान्सीका राज कँडेल र एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया संयोजक केशव कँडेलले समेत हिमालयन साँझमा सहभागी हुन आफू व्यग्र रहेको बताउँनुभएको छ । उहाँहरुले नेपाली समुदायको खेल र क्रिकेटको विकासका लागि समर्पित नेपाली क्लबको कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभएको छ । आफूहरुले कार्यक्रमको टिकट लिइसकेको बताउँदै उहाँहरुले १४ अगष्टमा इष्टोनियन हाउसमा प्रत्यक्ष भेट्न निम्ता दिनुभएको छ ।

कँडेल कन्सल्ट्यान्सी हिमालयन साँझको मेन स्पोन्सर समेत रहेको छ ।

keshavविगत चार वर्षदेखि नेपाली समुदायको खेल क्षेत्रको उत्थानका लागि क्रियाशील रहँदै आएको द हिमालयन क्लबले चार वर्षदेखि क्लबलाई सहयोग गर्दै आएका व्यक्ति र संघ संस्थाप्रति धन्यवाद ज्ञापन गर्न विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो ।

सोही कार्यक्रममा खेलाडीहरुको सम्मान समेत गरिनेछ । साथै विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरु पनि रहने बताइएको छ ।

Comments

comments