काठमाडौ । एक भारतीय वेभ साईटले आफूलाई भारतीय भनी लेखेकोप्रति नेपाली पौडीबाज गौरिका सिंहले आपत्ति जनाएकी छिन् ।

आफ्नो फेसबुक पोष्टमा आफूलाई भारतीय भनी उल्लेख गरिएकोप्रति गौरिकाले आपत्ति जनाएकी हुन् । उनले लेखेकी छिन् – “कृपया उनीहरूलाई सच्चाउने अवसर दिऊँ,म नेपाली हुँ भारतीय होइन । मलाई विश्वास छ यो उनीहरूसम्म पुग्नेछ । ”

एक वेभसाइट ओलम्पिक अपडेट्स डट कमले १३ वर्षीया सबै भन्दा कान्छी स्वीमर भारतीय भनि हेडलाइन बनाएपछि गौरिकाले अपत्ति जनाएकी हुन् । वेभसाईटमा पोस्ट गरिएको उक्त समाचार भारतबाटै पोष्ट गरिएको देखिन्छ ।

गौरिकाको त्यो पोष्ट हजारौं फेसबुक प्रयोगकर्ताहरूले शेयर गरेका छन् भने सयौंले गौरिकाको पोष्टमा कमेन्ट गर्दै भारत विरोधी अभिब्यक्ति दिएका छन् ।

Please let them correct…..i am a Nepali…not India.
Hope it reaches them.

Comments

comments