काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ ? तपाई के काम गर्ने,कहाँ र कसरी खोज्ने भन्ने सोंचमा हुनुहुन्छ ?

कामको खोजीमा रहनुभएका नेपालीहरुलाई अब केही सहज हुने भएको छ । किनभने कामको खोजीमा रहेका नेपालीहरुको सुविधाका लागि जब्स फर नेपाल अनलाइन सेवा शुरु गरिएको छ । नेपाली व्यवसायीहरुको सञ्जालस्वरुप सञ्चालनमा ल्याइएको यो अनलाइन सेवाको एउटै उदेश्य बेरोजगार नेपालीहरुलाई उपर्युक्त काम उपलब्ध गराइदिनु हो । यो सेवाबाट लाभान्वित हुन चाहनेहरुले अनलाइन मार्फत आफ्नो व्यक्तिगत विवरण पठाउँनुपर्नेछ । त्यसका लागि अनलाइन फारामको समेत व्यवस्था गरिएको छ ।

फर्म भर्न पनि कुनै कठिनाइ छैन । मात्र तपाईले आफ्नो नाम,ठेगाना,सम्पर्क नम्बर र तपाई कस्तो कामको खोजीमा हुनुहुन्छ,त्यसबारे उल्लेख गर्नुपर्नेछ । साथमा आफ्नो शैक्षिक योग्यता पनि खुलाउँनुपर्नेछ । जब्स फर नेपालको फाराम हिमालयन कङ्गारु डट कम (www.himalayankangaroo.com) र यसको फेसबुक पेज मा पनि उपलब्ध हुनेछ ।

Comments

comments