पर्सा । धर्म–धर्मबीच केही वैरभाव छै,वैरभाव त मानिसले नै पैदा गरेको हो भन्ने सन्देशसहित पर्साका दुई मुस्लिम दाजुभाईले हिन्दुहरुका आस्थाका भगवान् रामेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका छन् ।

विरगन्ज उपमहानगरपालिका १०, पानी ट्यांकीका डा. जैनुद्दीन अन्सारी र बसुरुद्दीन अन्सारीले कुल ४८ लाखको लागतमा वीरगन्जको प्रसौनी विर्ता गाविस हालको वीरगन्ज उपमहानगरपालिका(२६ मा साढे ७ कट्ठा जमिनको क्षेत्रफलमा सो मन्दिर निर्माण गरिदिएका हुन् ।

मुस्लिम दाजुभाईको लगानीमा बनेको हिन्दु धर्मावलम्बीहरुको सो मन्दिरको पूर्णरुपमा सञ्चालनका लागि आइतबार भव्य रुपले कलश यात्रा निकालिएको थियो।

Comments

comments