काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ७३.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आइतबार बेलुकी बसेको बोर्डको परीक्षा समितिको बैठकले उक्त नतिजा सार्वजनिक गरेको हो ।

४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको उक्त परीक्षामा २८ हजार ९ सय ५२ जना उत्तीर्ण भएको जानकारी परीक्षा नियन्त्रक सन्तोष अर्यालले दिनुभएको छ ।

गत वर्ष उक्त परीक्षामा ७१.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

Comments