काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार केही मन्त्रीहरु थपी मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिमा प्रधानमन्त्री दाहालले केही मन्त्रीका जिम्मेवारी समेत फेरबदल गर्नुहुने सम्भावना रहेकोृ छ ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आइतबार साना दलमध्ये राप्रपाका दुई मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य भइरहेको छ । यसअघि छुट्याइएका मन्त्रालय अदलबदल गर्न सक्नेबारे दुई शीर्ष नेताबीच कुराकानी भएको ती सदस्यको भनाइ छ ।

विशेष गरि परराष्ट्र मन्त्रालयका विषयमा काँग्रेसमा विवाद र दाबी बढी रहेको छ । कांग्रेसमा त्यो मन्त्रालयमा कसलाई पठाउने विवाद नमिले माओवादीले परराष्ट्र पाउने सम्भावना पनि रहेको बताइएको छ । मधेसवादी दल सरकारमा आउन सक्ने वातावरण बनेमा पररराष्ट्रमा मन्त्री नियुक्ति नै स्थगित हुन सक्ने बताइएको छ ।

स्रोतले देउवा र दाहालबीच तत्कालीन केपी ओली सरकारले जाँदाजाँदै गरेका नियुक्ति, सरुवा र बढुवाका निर्णय फिर्ता गर्नेलगायत विषयमा समेत छलफल भएको छ ।

Comments