मेलबर्न । उमेरले ५ दशक नाघिसकेकी गायिका कोमल वलीले अहिले आफू गम्भीर प्रेममा परेको खुलासा गरेकी छिन् । सांगीतिक कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहेकी गायिका वलीले आफ्नो प्रेमी रहेको खुलासा गरेकी हुन् ।

कान्तिपुरका लागि अष्ट्रेलियास्थित संवाददातासँगको कुराकानीमा गायिका वलीले अहिलेसम्म किन विवाह नगरेको भन्ने प्रश्न आफूलाई सामान्य लागेको पनि बताइन् । तर अहिले आफ्नो प्रेमी भएको र आफू प्रेममा रहेको उनले खुलासा गरिन् । गायिका वलीले पहिलोपटक आफु कसैको प्रेममा रहेको स्वीकारिकी हुन् । समय परिस्थिति आए विवाह हुनसक्ने संकेत समेत उनले गरिन् । आफ्नो प्रेमीको बारेमा धेरै खुल्न नचाहेपनि उनले ऊ नेपालमै रहेको र उसले पनि आफुलाई माया गर्ने विश्वास ब्यक्त गरिन् । ‘म टिनएजको जस्तो प्रेममा हैन कि बौद्धिक प्रेममा छु । कोमलले भनिन्–उहाँ मलाई सपोर्ट गर्नुहुन्छ र सल्लाह दिनुहुन्छ र म पनि उहाँसँग रहन्दा खुशी र आनन्द महसुस गर्छु ।’

कोमललाई एक जमानामा आफुलाई माया गरेका प्रेमीहरुको चिठीपत्रहरु भने जलेको बताइन् । माओवादीले आफ्नो घर जलाउँदा बाकसमा राखिएका एक बाकस चिठीपत्रहरु जलेर नष्ट भएकोमा उनलाई अहिले पनि पछुतो लागेको बताइन् । कैयौले उनलाई प्रेम प्रस्ताव र पत्र पठाएका भएपनि आफ्नो करियरलाई असर पर्छ भनेर उनले विवाह नै गर्ने निर्णय भने लिन नसकेको पनि सुनाइन् ।

Comments

comments