चीनको औपचारिक भ्रमणका लागि अर्थमन्त्री डा रामशरण महत आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा अर्थमन्त्री महत आज विहान बेइजिङ प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा अर्थमन्त्री महतले चीनसँगको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने, नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने, आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउने, दुवै मुलुकका अन्य पारस्परिक हितका विषयमा छलफल गर्नेछन ।

महतले चीन बसाईका क्रममा चीनका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि छलफल गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयले जनाएको छ । नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सद्भाव जुटाउने उद्देश्यले महत चीन गएको अर्थमन्त्रालयले जनाएको छ ।

Please follow and like us:

Comments