काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार नै पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा विहीवार साँझ पदभार ग्रहण गर्दै प्रधानमन्त्री दाहालले गरिबका लागि सरकार भन्ने नारा सार्वजनिक गर्दै पहिचानविहीन समुदायकालागि रोजगार र शिक्षामा प्राथमिकता दिइने बताउँनुभयो ।

यस्तै भूकम्प पीडित ३१ जिल्लाका पीडितहरुलाई पुननिर्माण वापतको पहिलो किस्ता ४५ दिनभित्र उपलब्ध गराउँने प्रतिवद्दता पनि प्रधानमन्त्री दाहालले सोही अवसरमा व्यक्त गर्नुभयो ।

उहाँले आफू नेतृत्वको सरकार मुलुकको स्वास्थ्य क्षेत्रप्रति पनि गम्भीर रहने उल्लेख गर्दै चिकित्सक नपुगेका जिल्लाका स्वास्थ्य केन्द्रमा अबको तीन महिनाभित्र दरबन्दी अनुसारको जनशक्ति खटाइने प्रतिवद्दता व्यक्त गर्नुभयो । यस्तै नवजात शिशुहरुको जन्मदर्ता गर्ने कार्यलाई प्रोत्साहन दिन जन्मदर्ता गराउँनेलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउँने प्रधानमन्त्री दाहालले बताउँनुभयो ।

Comments

comments