आफुलाई अत्यन्त शक्तिशाली राष्ट्रको रुपमा विश्व सामु परिचय बनाएको अमेरिका माथी पछिल्लो समय इन्टरनेट प्रविधिमा आधारित अति गोप्य मानिएका सुचना समेत चोरी एबं सार्वजनिक हुन थाले पछि आफ्नो  सुरक्षा संयन्त्र प्रति अमेरिकी चिन्ता बढ्न थालेको छ | यसअघि अमेरिका लागायत विश्वका अरु धेरै राष्ट्रका बारेमा अत्यन्त गोप्य मानिएका कागजातहरु विकिलिक्सले सार्वजनिक गरिदिए पछि बढेको सुरक्षा चिन्ता थप विस्तार हुँदै गएको अन्तरास्ट्रिय विश्लेषक अधिकारीहरुको भनाई छ |

यसैबीच पछिल्लो पटक अमेरिकी गोप्य सूचना चुहावटमा संलग्न रहेको आरोप एडवार्ड स्नोडेनलाई लगाएको छ  , जो अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा एजेन्सी कन्ट्रयाक्टर समेत हुन् | स्नोड़ेनले अमेरिकाले सुरक्षाको नाममा आफ्ना नागरिकको सबै टेलिफोन कल टेपिंग गर्ने गरेको , कुनै पनि गल्ति नगर्दा समेत सबै नागरिक वाच लिस्टमा पर्ने गरेको तथ्य जनताले थाहा पाउनु पर्ने भन्दै सबै अमेरिकी गोप्य सूचना सार्वजनिक गर्न सक्ने क्षमता आफु संग भएको दावी गर्दै आएका छन् | हंगकंगबाट रसिया पुगेका स्नोड़ेन अहिले शरण लिएर बसेका छन् |

रुसी संरक्षणमा रहेका एडवार्ड स्नोडेन अहिले अमेरिका सुरक्षा संयन्त्रका लागि ठुलो चुनौती बनेका छन् | उनीमाथि सरकारी गोप्य सुचना चोरी  गरेको अमेरिकी आरोप छ |पछिल्लो सुरक्षा त्रास स्नोड़ेनबाट हुन सक्ने अमेरिकी ठम्याई छ |

Comments