चेस ओलम्पियाडमा नेपालले पुरुषतर्फ हाइटीमाथि ४ सय ९० ले क्लिन स्वीप गरेको छ । चौथो चरणको खेल सम्पन्न हुँदा चार अंक जोडेको छ भन्ने म्याच प्वाइट ९ प्राप्त गरेको छ ।

पहिलो बोर्डमा खेललका मनिष हमालले क्वीन्स ग्याम्वित प्रणालीमा खेल सुरु गरेका थिए । आक्रमक खेलेका मनिषले ४९ चालमा जित निकालेका छन् । अर्का फिडे मास्टर सुरेन्द्र प्रसाद श्रेष्ठले राम्रो प्रदर्शन गरी हाइटीका लुसामालाई पराजित गरे । ४८ औं चालसम्म बराबरी अवस्थामा रहेको खेलमा ४९ औं चालमा लुसामाको घोडा खाएर खेल सुरेन्द्रले आफ्नो पक्षमा पारे भने ५४ औं चालमा जित निकाले ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका रिजेन्द्र राजभन्डारीले हाइटीका अनरेटेड खेलाडी जेन प्रिरेलाई खेललको ७२ औं चालमा पन्छाउन सफल भए । उनले ब्यक्तिगत ३ अंक जोडेका छन । साथै अर्काे आधा अंक प्राप्त गरेमा रिजेन्द्रले क्यान्डिडेट मास्टर उपाधि हात पार्ने छन । रेटेड नेपाल च्याम्पियन केशब श्रेष्ठले जोस्लिन बाजिललाई हराउन सफल भए ।

Comments