अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित ४ जना वरिष्ठ पदाधिकारीलाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

निलम्बन सिफारिस गरिएकाहरुमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पदमलाल देवकोटा, रजिष्ट्रार डा. ठकेन्द्र प्रकाश गिरी, सेवा आयोगका अध्यक्ष प्राडा नवराज कँडेल र सेवा आयोगका सदस्य प्राडा श्रीराम उपाध्याय रहेका छन । यिनीहरुसंगै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका १८ जना निलम्बनमा परेका छन ।

अख्तियारले हिजो पदाधिकारी र कर्मचारी गरी १४ जनालाई निलम्बन गर्न उपकुलपतिल्ऽाई निर्देशन दिएको थियो । विश्वविद्यालयको भौतिक निर्माण, विभिन्न खरिद, र कर्मचारी तथा शिक्षक नियुक्तिमा ब्यापक अनियमितता गरेको अख्तियारले जिकिर गरेको छ ।

Please follow and like us:

Comments