काठमाडौं । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले केपी ओली नेतृत्वमा सहभागी भएपछि सञ्चार क्षेत्रमा निकै ठुलो उपलब्धि हासिल भएको दावी गर्नुभएको छ ।

मन्त्री राईले आफु मन्त्री भएपछि गरेका उपलब्धिहरु सार्वजनिक गर्दै आफ्नो नौ महिने कार्यकाल सफल भएको दावी गर्नुभएको हो ।

आम सञ्चार नीति २०७३ स्वीकृत, विज्ञापन रहित क्लिनफिड नीति २०७३ स्वीकृत, श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी २०७३ साउन १ देखि लागु गर्ने गरी राजपत्रमा प्रकाशित गर्नु मन्त्रालयले गरेको मुख्य काम भएको मन्त्री राइले वताउनुभयो । त्यस्तै सरकारी अस्पतालमा उपचार गराउँदा श्रमजिवि पत्रकारलाई ५० प्रतिशत छुटको व्यवस्था, श्रमजिवि पत्रकारको दुर्घटना विमालाई कार्यान्वयन गर्नु, नेपाल टेलिभिना र रेडियो नेपाललाई एक आपसमा गाभेर सार्वजनिक प्रसारण संस्थाको रुपमा विकास गर्नका लागि सार्वजनिक प्रसारण विधेयक २०७३ तर्जुमा लगायतका कामहरु उपलब्धिमुलक भएको मन्त्री राईको भनाई छ ।

दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई सुचना प्रविधीका क्षेत्रमा गरिका नयाँ अविस्कारसँगै विकास गर्न खोजिएको, देशभर तिव्र गतिको इन्टरनेट सुविधा चाँडै पुग्ने व्यवस्था मिलाईएको सञ्चार मन्त्री राईले बताउनुभयो ।

Comments

comments