काठमाडौं । व्यवस्थापिका संसदको ठुलो दल नेपाली काग्रेसलाई साथ लिएर अन्ततः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देशको प्रधानमन्त्री बन्नु हुने लगभग पक्का भएको छ ।

आकश्मिक रुपमा कुनै चमत्कार भएन भने दाहाल बुधवार अपरान्हसम्ममा प्रधानमन्त्री चयन भइसक्नु हुनेछ । वर्तमान सरकारले संविधान कार्यान्वयनमा ढिलाई गरेको, मधेसका माग संवोधन नगरेको, पुननिर्माणम ढिलाई गरेको र छिमेकसंगको सम्बन्ध बिगारेको आरोप लगाएका दाहालले आफ्नो नेतृत्वमा सरकार गठन गरे लगत्तै तीनै आरोपहरु चुनौतीका रुपमा दाहालको सामुन्ने उभिने छन् ।

एमाले नेतृत्वको सरकारमा प्रमुख मन्त्रालय पाएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली एकलौटी ढंगले अघि बढेको आरोप लगाउदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । अविश्वासको प्रस्ताव दर्ता गराउदै अध्यक्ष दाहालले ओली सरकार असफल भएको आरोप लगाउनु भएको थियो ।

ओली सरकारलाई जे जति आरोप उहाँले लगाउनुभएको छ । प्रधानमन्त्री भएसंै त्यही आरोपको दाहाल आफैले सामाना गर्नुपर्नेछ । दाहाललको पहिलो चुनौती संविधान कार्यान्वयन गर्न सवै दलहरुलाई सहमतिमा ल्याई स्थायिन निकायको निर्वाचन गराउनु हो । दाहालले सरकारलाई समर्थन गर्ने मधेशी मोर्चाका मागहरु सम्वोधन गर्न भएको सहमति कार्यान्वयन गर्नुपर्नेछ ।

ओलीलाई पुननिर्माणमा ढिलाई गरेको आरोप लगाउने दाहालले भूकम्प पीडित जनताहरलाई स्थायी छानो मुनि ल्याउन सक्नु पर्ने छ । यस्तै अघिल्लो सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिनु सरकारको बाध्यता बन्नेछ । प्रधानमन्त्री ओली आफैले संसदमा प्रश्न गर्नुभयो थियो, यो सरकारले गरेका कामहरु के हुन्छन् ? जनताले सुन्नेगरि जवाफ माग गर्नुभएको थियो । त्यसको जवाफ दाहालले संसदबाटै सवैले सुन्ने गरि दिनुपर्ने छ ।

चीनसंगको सम्झौता कार्यान्वन गरि भारतसंगको सम्बन्ध सुधार गर्नुपर्ने दाहाल नेतृत्वको सरकारको अर्काे चुनौती हो । ओलीले छिमकेसंगको सम्बन्ध बिगारेको आरोप लगाउने दाहाल आफैले चीन र भरतसंगको सम्बन्ध कसरी सन्तुलित गर्नुहुन्छ त्यो सबैले चासोका साथ हेरेका छन् । यसका बावजुद पनि दाहाललाई प्रधानमन्त्री बनाउने दल नेपाली कांग्रेसलाई सन्तुष्ट बनाउनु दहालका लागि बाध्यकारी छ ।

Comments

comments