गृहमन्त्री बामदेव गौतमले कानुन विपरित गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाहि गर्न निर्देशन दिनुभएको छ ।आजदेखि सुरु भएको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठिमा बोल्दै गृहमन्त्री गौतमले दण्डहिनतालाई प्रोत्साहन नदिन निर्देशन दिनुभयो ।

कानुन बिथोल्न खोज्नेलाई छाड्नु नहुने भन्दै उहाँले शान्ति सुरक्षाको अवस्था हेरेर विषेश अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । दशेमा शान्ति सुरक्षा सामान्य देखिएपनि चुनौती रहेकोले पनि चनाखो हुनुपर्ने उहाँको भनाई थियो । बाहिरबाट हेर्दा शान्तिसुरक्षा सामान्य देखिने गरेको भएपनि चुनौती प्रशस्तै रहेकाले सचेत हुनु जरुरी रहेको औल्याउनुभयो ।

गौतमले यसैवर्ष स्थानीय निकायको निर्वाचन गर्नुपर्ने भएकोले शान्ति सुरक्षा बलियो बनाउनुपर्ने जरुरी रहेको बताउनुभयो । मुलुकमा शुसासन कायम गर्न सधै तत्पर रहन आग्रह गर्दै उहाँले आवश्यक सहयोगका लागि गृहमन्त्रालय तयार रहेको बताउनुभयो ।
दुईदिनसम्म चल्ने क्षेत्रीय गोष्ठिमा पश्चिमाञ्चलका १६ जिल्ला प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी सहित राष्ट्रिय अनुसन्धान प्रमुखहरु सहभागि रहेका छन ।

Comments

comments