मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियन सरकारले परीक्षणका रुपमा सञ्चालन गरेको २४ घण्टे सार्वजनिक यातायात सेवाको अवधि थप गर्ने भएको छ ।

मेलबर्नमा परीक्षण स्वरुप ६ महिनाका लागि २४ सै घण्टा सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । त्यसको अवधि जुलाई मसान्तमा सकिएपछि भिक्टोरिया सरकारले अर्को ६ महिनाका लागि २४ घण्टे सार्वजनिक यातायात सेवाको अवधि थपेको हो ।

योसँगै हरेक सप्ताहन्तमा सञ्चालन हुँदै आएको २४ घण्टे यातायात सेवाबाट अर्को ६ महिना अर्थात जुन २०१७ सम्म मेलबर्नवासी लाभान्वित हुनेछन् । यहाँको यातायात मन्त्रालयले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी सेवा अवधि थप गरेको जानकारी दिएको हो ।

भिक्टोरिया सरकारले सन् २०१६ को नयाँ वर्षका दिनदेखि यस्तो सेवा सञ्चालन गर्दै आएको थियो ।

Comments

comments