काठमाडौ । सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदित ११ जनाले आज पद तथा गोपनियताको सपथग्रहण गर्ने भएका छन् ।

आजैदेखि पदभार समेत सम्हाल्नेछन् । संसदको सुनुवाई विशेष समितिले न्याय परिषदद्वारा प्रस्तावित ११ न्यायाधीशको हिजो सर्वसम्मत अनुमोदन गरेको थियो । राष्ट्रपतिबाट नियुक्ति घोषणा र सपथग्रहणको औपचारिकतापछि उनीहरुले आज कार्यभार सुरु गर्ने सर्वोच्च अदालतका सह–प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो ।

सपथ बिहान १० बजे शितल निवासमा हुनेछ । ११ न्यायाधीशको नियुक्तिसंगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या तीन महिलासहित २० पुग्नेछ । संसदको सुनुवाई समितिले दिपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडा, हरीकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाश राउत र सपना मल्ललाई सर्वोच्चको न्यायाधीश पदका लागि योग्य देखिएको ठहर गर्दै परिषदमो सिफारिस सर्वसम्मत अनुमोदन गरेपछि नियुक्ति निश्चित भएको हो ।

Comments