विशेष । मधेसमाथि अन्याय कस्ले ग¥यो र गर्दैछ ? मधेसमाथि अन्यायको नारा बोकेर राजनीति गर्दै आएका मधेस केन्द्रित दलहरुलाई यसपटक यो प्रश्न पेचिलो बनेर उभिएको छ । पहाडमा पहिरो खस्दै गर्दा मधेस डुवानमा प¥यो र परिरहेको छ । मधेस केन्द्रित दलहरुले भन्ने गरेका रोटीवेटीको सम्बन्ध भएको छिमेकीहरुले मधेस डुवाउन के गरिरहेका छन् , त्यो पनि उनीहरुलाई राम्रो हेक्का छ नै । सप्तरीको तिलाठीमा यसपटक राष्ट्रको स्वाभिमान व्युँतदा लाग्छ मधेस केन्द्रित दलहरुको लागि नहुनु पर्ने घटना भएको छ शायद ।

भारतले दजगजा मिचेर पर्खाल मात्र लगाउने काम गरेको छैन , सीमा क्षेत्रमा हेपाहा प्रवृति अंगालेर अग्लो राजमार्ग नै बनाएर मधेस डुबाउने खेल पहिलेदेखि नै खेल्दै आएको हो । तर यो मधेस केन्द्रित दलका नेताहरुले दर्जनौ पटक त्यही बाटोबाट हिडदा पनि देख्दैनन । यो उनीहरुको कमजोरी हो या बाध्यता यसपटक धेरथोर पुष्टि समेत भएको छ सप्तरीको तिलाठी स्थित खाँडो नदी प्रकरणमा । सप्तरी तिलाठीमा खाँडो नदीमा वाँध वाध्न खोज्ने भारतीयहरुको प्रयासलाई सप्तरीवासीले शुक्रवार विफल पारिदिएका थिए ।

खाँडो नदीमा भारतीयहरुले वाँध वाधेका भए तिलाठीगाउँ नै डुव्ने निश्चित थियो । तर सप्तरी तिलाठीको घटनाको विषयलाई लिएर मधेस केन्दीत दलहरु कुनै प्रतिक्रिया दिन तयार छैनन् । उल्टै मौन वसेर भारतीय पक्षको पक्षपोषण गरेको जस्तै अनुभूति उनीहरुको मौनताले प्रष्ट पारेको छ । मधेसको नाममा मधेसको छाती टेकेर धेरै आन्दोलन भए र धेरै मधेसवासी नेपालीले अनाहकका ज्यान गुमाए । तर मधेसको नाम हुँदै आएको राजनीतिलाई मधेस केन्द्रित दलले तिलाठीमा पुगेर तिलाञ्जलि नै दिएको भान हुन थालेको छ । तिलाठीवासीले भारतीय पक्षले ज्यादती गरेर नेपाली भूमिमा वाँध वाँध्न खोजेको भनिरहदा यता मधेस केन्दीत दलहरु भने तिलाठीको घटना राजनीतिक नभई दुई गाउँको झगडा भएको भन्दै पन्छिने गरेका छन ।
मधेस हेपियो भनेर आन्दोलन गर्दै आएका मधेस केन्दीत दलहरुले अझ तिलाठीको घटनामा भारतलाई नमुछ्न आग्रह गर्दै कस्को स्वार्थपूर्ति गर्न खोजिरहेका छन् बुझ्न गाह«ो नपर्ला अब त ।

मधेस आन्दोलनमा सप्तरीको भूमिका सम्भवत सबभन्दा कडा मानिन्थ्यो । तर सयौं सप्तरीवासीले मधेसका लागि दिएको शहादतको अवमूल्यन गर्ने गरी मधेस केन्द्रित दलहरुले तिलाठीमा धेरै आडम्बरहरुलाई तिलाञ्जलि दिएका छन् नै ।

Comments

comments