काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृ महालक्ष्मी (डिना) उपाध्यायलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ ।

पार्टी विधानको दफा २२ को उपदफा ठ बमोजिम सभापति देउवाले मनोनित गर्ने १६ जना सदस्यमध्ये पूर्व केन्द्रीय सदस्य एवं सांसद उपाध्यायलाई आइतबार मनोनित गर्नुभएको हो ।

पार्टीको विधान अनुसार ८५ सदस्यीय केन्द्रीय समितिमा सभापतिले महिला, दलित, जनजाति, मधेसी मुस्लिम समुदायबाट एकएक जना र १६ जना महाधिवेशन प्रतिनिधिमध्येबाट गरी २१ जना मनोनित गर्नसक्ने व्यवस्था रहेको छ।

जसअनुसार अहिलेसम्म देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत सुरूमा सात जना र पछि तीन जना गरी दस जना मनोनित गरिसक्नुभएको छ । उपाध्यायको मनोनयनपश्चात देउवाले विधान अनुसार अब दलित, जनजाति र मुस्लिम कोटाबाट एक–एक जनासहित १० जनाको मनोनय गर्न बाँकी रहेको छ ।

Comments

comments