मेलबर्न । अष्ट्रेलियामा यही अगष्ट ९ २०१६ मा राष्ट्रिय जनगणना हुँदैछ । जनगणनामा सक्रिय सहभागी हुन यहाँका नेपाली समुदायलाई सरोकारवाला निकायहरुले अपील गरेको छ । यसैक्रममा मेलबर्नमा रहेका नेपालीहरुलाई पनि जनगणनामा सहभागीता देखाउँन नेप्लीज एसोसियसन अफ भिक्टोरिया न्याभले अपील गरेको छ ।

यसअघिको जनगणनामा नेपाली समुदायको सहभागीतामा केही कमी कमजोरी भएकोले यकिन तथ्यांक समेट्न नसकिएकोप्रति सचेत भई यसपटक त्यसलाई सुधार गर्न विशेष सहभागीता जनाउँन आवश्यक रहेको न्याभले जनाएको छ ।

यसका लागि अष्ट्रेलियामा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थाले हातेमालो गरेर जनगणनामा नेपाली समुदायको सहभागीता सतप्रतिशत गर्न कोशीश गर्नुपर्ने खाँचो समेत न्याभले औंल्याएको छ ।

सरकारी तवरबाट हुने बिभिन्न सामुदायिक कार्यक्रम र ती कार्यक्रममा गरिने फन्डिङको प्रमुख आधार जनसंख्या हो । त्यसैले नेपाली समुदायको वास्तबिक संख्या जनगणनामा देखिनु समुदायको लागि निम्न कारणहरुले जरूरी रहेको न्याभले उल्लेख गरेको छ ।

१ कम्युनिटी सेन्टरको लागि सरकारी अनुदान सहायताको लागि

२ नेपाली भाषाको सरकारी मान्यातालाई अर्को स्तरमा लैजानका लागि

३ अष्ट्रेलियन सरकारलाई नेपाली समुदायलाई अझै गम्भिरताका साथ लिन प्रेरित गर्नको लागि

४ नेपालस्थित अष्ट्रेलियन नियोगबाट नै भिसा दिने नेपाली समुदायको अनुरोधमा बल दिनको लागि आदि ।

Comments

comments