धुन्चे । रसुवामा सीमांकनको विषयमा स्थानीय र राजनीतिक दलबीच झडप भएको छ । सीमांकनको विषयमा विबाद बढेपछि शनिवार भएको झडपमा दुईजना घाइते भएका छन् ।

झडपमा परि घाइते हुनेमा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य माधव अर्याल र नेपाली कांग्रेस रसुवाका जनकजीवन उपाध्यय रहनुभएको छ । जिल्लास्थित राजनैतिक दल र स्थानीय विकास समितिवीच आइतवार बस्ने सर्वदलीय बैठकको तयारीस्वरुप शनिवार भएको छलफलको क्रममा राजनैतिक दल र स्थानीय विकास अधिकारीले आफुखुसी एकलौटी निर्णय गर्न खोजेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएपछि झडप भएको हो ।

आईतबारका लागि बोलाएको सर्वदलिय बैठकका बारेमा स्थानीय विकास अधिकारी र राजनीतिक दलवीच भएको छलफललाई गलत ढंगले लिएर विवाद बढाएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

राजनीतिक दलले धुन्चेलाई तल्लो भेगमा राख्न खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए । धुन्चेका स्थानीयबासीले धुन्चेलाई माथिल्लो भेगमा नै राख्नुपर्ने माग गर्दै आएका छन । घाइतेको जिल्ला अस्पताल धुन्चेमा उपचार भैरहेको छ ।

Comments

comments