एजेन्सी । जर्मनीका कप्तान तथा म्यानचेष्टर युनाइटेडका मिडफिल्डर बास्टिन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३१ वर्षीय खेलाडी स्वाइन्सटाइगरले ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् । स्वाइन्सटाइगले जर्मनीबाट एक सय २० खेल खेलेका छन् । युरो कपको सेमिफाइनलमा फ्रान्ससँगको खेल नै उनको अन्तिम बन्यो । उक्त खेल जर्मनीले २–० ले हारेको थियो ।

जर्मन फुटबल संघका अध्यक्ष रेनहार्ड ग्रिन्डेलले स्वाइन्सटाइगरजस्तो ठूलो नामलाई राष्ट्रिय टोलीबाट बिदाई गर्नु परेको उल्लेख गरेका छन् ।

घुँडाको चोट बोकेका स्वाइन्सटाइगर फ्रान्समा भएको युरो कपमा पुरै खेल खेलका थिएनन् । स्वाइन्सटाइगरले सन्यास लिँदै भनेका छन,‘म जर्मनको अब समर्थक हो । धन्यवाद छ जर्मनी फुटबल संघ र मेरा प्रशिक्षकलाई। मैले राष्ट्रिय टोलीबाट खेलेका क्षण कति सन्दर र सफल छन् त्यो शब्दमा बयान गर्न सक्दिँन।’ उनले आफूलाई अब राष्ट्रिय टोलीमा नपार्न आफूले प्रशिक्षक जोकिम लोउलाई आग्रह गरिसकेको उल्लेख गरे।

उनले जर्मनीका लागि ब्राजिलमा २०१४ को विश्वकपको उपाधि जित्नु आफ्नो खेलजीवनकै अविस्मरणीय क्षण भएको पनि बताएका छन् । सन् २०१४ को विश्वकपमा जर्मनीले अर्जे्न्टिनालाई १–० ले पराजित गर्दै उपाधि उचाल्दा स्वाइन्सटाइगरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Comments

comments