काठमाडौं । विजयकुमार गच्छदारलाई नयाँ सरकारमा सहभागी गराउँने विषयमा काँग्रेस माओवादीबीच विवाद भएको छ ।

अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको हो ।

ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको हो ।

प्रचण्डले बिहीबारको छलफलमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । कांग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउनै नहुने अडान राखेको छ ।

प्रचण्ड जसरी पनि सहभागी गराउने र कांग्रेस ल्याउनै नहुने अडानमा रहेपछि विवाद बढेको एक नेताले बताए ।

Comments