काठमाडौं । फेसबुकले यो वर्षको पहिलो चार महिनामा दुई अर्ब डलर मुनाफा कमाएको छ ।

फेसबुकले यो वर्षको चौमासिकको तथ्यांक सार्वजनिक गर्दै कम्पनीले गएको वर्षको तुलनामा यो वर्ष १८६ प्रतिशतले मुनाफा गरेको जनाएको हो । गएको वर्ष कम्पनीको मुनाफा ७१ दशमलव ९ करोड थियो । कम्पनीका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले यो खुसियालीमा एक भिडियो सार्वजनिक गर्दै एक चौमासिकमै फेसबुकको व्यवसायले राम्रो कमाई गरेकोमा खुसी व्यक्त गरेका छन् ।

कम्पनीले सबैभन्दा बढी मोबाइलको विज्ञापनबाट नाफा कमाएको जनाएको छ । कम्पनीको नाफाको ८४ प्रतिशत मोबाइल विज्ञापन भएको जनाएको छ । गएको वर्ष ६ प्रतिशत मोबाइल विज्ञापनबाट कमाएको थियो । सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या जुन ३० सम्ममा १५ प्रतिशतले बढेर १ अर्ब ७१ करोड पुगेका छन् ।

विज्ञापनवालाहरुले यस्तो आँकडालाई हेरेर विज्ञापन दिने गरेकाले फेसबुकले अझ नाफा कमाउने देखिन्छ । फेसबुकको तुलनामा ट्वीटरका प्रयोगकर्ता जम्मा ३ प्रतिशतले मात्र बढेका छन् ।

Comments

comments