काठमाडौं । भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले नेपाल सरकारले आग्रह गरेमा जुनसकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले विहीवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको हो । पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिबाट भारत सरकार दुःखी भएको बताउनुभयो । उहाँले यदी नेपाल सरकारले आग्रह गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको जानकारी पनि दिनुभयो ।

भारतमा पनि बाढीले क्षति गरेको प्रवक्ता स्वरुपले बताउनुभयो ।

Comments

comments