धनकुटा । तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवा बजार नजिकै आज अपरान्ह भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

३२ जना घाइतेको धनकुटा र धरानका अस्पतालमा उपचार हुदैं छ ।

ज्यान जानेमा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवा पनि हुनुहुन्छ । मृतक मध्ये फुलेकका होमा पौडेल, सनम तामाङ, परेवादिन धनकुटाका तारा बस्नेत, रेखा बस्नेत, अतिमाया तामाङ र धरानका जप्रकाश अग्रवालको सनाखत भएको छ । अरुको परिचय खुल्न सकेको छैन । संखुवासभाको मुढशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस दुर्घट्नामा परेको हो ।

बस सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो ।

Comments