काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ११ न्यायाधीशहरुमध्ये सुनुवाइ हुन बाँकी पाँच न्यायाधीशहरुको सुनुवाइ सुरु भएको छ ।

व्यवस्थापिका संसद अन्तरर्गतको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सुनुवाइ हुन बाँकी पाँच न्यायाधीशहरुको सुनुवाइ अहिले चलिरहेको छ ।

यसअघि हिजो न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ भएको थियो।

न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदका लागि पुनरावेदन अदालतका सात र चारजना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ।
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुसँग मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय सुनुवाइ रोकिएको थियो।

Comments

comments