काठमाडौं । सप्तकोशी बाँधको सुरक्षाप्रति भारतीय पक्षले देखाएको ‘संग्दिध चासो’ र दाबीप्रति नेपाल सरकार औपचारिक रुपमा बेखबर छ ।

सप्तकोशी बाँध ध्वस्त पारिदिने ३ वटा अन्तर्रा्ष्ट्रिय इस्लामिक अतिवादी संगठनको हवला दिँदै भारतले सुरक्षा मजबुत बनाउन नेपाललाई परिपत्र गर्दा समेत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले उसबारे औपचारिक धारणा बाहिर ल्याएका छैनन् ।

भारतीय पत्राचारपछि ब्यारेज आसपास तथा सुनसरी, सप्तरी र मोरङ जोड्ने नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ ।

अस्वभाविक रुपमा बढाइएको सुरक्षा तैनाथी र खानतलासपछि सप्तकोशी ब्यारेज हुँदै आवतजावत गर्ने नेपालीले सास्ती ब्यहोर्नुपरेको छ ।

Comments