काठमाडौं । सरकारले बाढी पहिरोमा परि मृत्यु भएकाहरुलाई राहत प्रदान गर्ने भएको छ ।

सरकारले बाढी पहिरोका पीडितहरुलाई चाहिने खाद्यान्न, लत्ता कपडाहरुका साथै वर्गीकरण गरेर राहत स्वरुप नगद समेत प्रदान गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोले घरबार विहीन र मृत्यु भएकाहरुको पहिचान गरेर वर्गीकरणको आधारमा राहत स्वरुप रकम प्रदान गरिने निर्णय गरेको हो । त्यसैगरी रहात तथा उद्धारमा खटिएका नेपाली सेना , सशस्त्र प्रहरीका जवानहरुलाई सम्मान गर्ने निर्णय समेत वैठकले गरेको छ । बैठकले रुपन्देहीको २०० विघा जमिनमा त्रिभुवन विश्वविद्यालयकोे मातहतमा शिक्षण अस्पताल बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयकोे मातहतमा शिक्षण अस्पतालको नाम गौतम बुद्ध शिक्षण अस्पताल राखिने बैठकले जनाएको छ ।

Comments

comments