काठमाडौं । नेपाल राष्ट्र बैकले भूकम्प पीडितलाई २ प्रतिशत व्याजमा कर्जा दिन बैक तथा बित्तीय सस्थाहरुलाई निर्देशन दिएको छ ।

बैक तथा बित्तीय संस्थाहरुबाट भुकम्प पीडितले सहज रुपमा कर्जा नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
सरकारले भुकम्प पीडितहरुलाई २ प्रतिशतको ब्याजदरमा सहुलियतपुर्ण कर्जा दिने भनिए पनि भुकम्प पीडितहरुले घर निर्माण गर्न सहज रुपमा कर्जा पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

बैक तथा बित्तिय सस्थाहरुले भुकम्प पीडित जनतालाई सहुलियत कर्जाको लागि अनाबश्यक शर्त र प्रावधान राख्ने गरेको कारण भुकम्प पिडित जनतालाई सहुलियत कर्जामा समस्या परेको हो । बैक तथा बित्तिय सस्थाहरुबाट भुकम्प पीडित जनताको लागि कर्जा प्रवाह हुन नसके पछि राष्ट्र र्बैकले २ प्रतिशतमा सहज कर्जा प्रवाह गर्न निर्देशन दिएको हो ।

यसैगरी नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्य अनुरुप राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । गत आर्थिक वर्षमा राष्ट्र बैंकले बजारबाट साढे ५ खर्ब रुपैयाँ उठाएको थियो । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैकले रिर्भस रिपो जारी गर्ने गर्दछ । अहिले बजारमा लगानीयोग्य रकम भएर पनि लगानी हुन सकेको छैन ।

Comments

comments